३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए ।

उनले भने, ‘जो विकासको बाधक हुन्छ त्यही हुन्छ शत्रु हो । एउटा कम्युनिष्ट पार्टीको लागि समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं हुने गरेका छन् । कसै कसैलाई के लागेको छ भने काङ्ग्रेसलाई कसरी शत्रु बनाउने अनि हाम्रो पार्टीलाई टाढा बनाइदिने, माओवादीसँग दोस्ती तोड्ने, हाम्रो पार्टीलाई एक्लै उभाइदिने र पार्टीलाई कमजोर बनाउने सोच गलत छ । पार्टीलाई खतम बनाउने सोचलाई स्वीकार गर्न सकिदैँन् ।’

यस्तै, उनले राजावादीहरुको मनोबल बढिरहेका बेला समाजवादी मोर्चाले एक्लै आँट गरेर एकताबद्ध बाम घटक निर्माण गर्ने अभियानमा जुटेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि