३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन् : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको जनविरोधी रवैया विरुद्ध उखु किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरी सडकमा धर्ना गरिरहेपनि सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर नदेखिएको बताए ।

साथै, उखु किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘गत वर्ष उखु किसानले पाउनु पर्ने भुक्तानी करिब १ अर्ब ५० करोडभन्दा बढि अनुदान रकम आजसम्म सरकारले भुक्तानी गरेको छैन् । अझै किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको छ । सरकारको जनविरोधी रवैया विरुद्ध किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरि सडकमा धर्ना गरिरहेका छन् । तर सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर देखिएको छैन् ।’

यस्तै, उनले उखु किसानले पाउनुपर्ने गत वर्षको भुक्तानी रकम दिन र प्रति क्विन्टल अनुदान रकम ७० नै कायम राख्न पनि माग गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि