३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमाउनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जादा लिपुलेक, लिम्पिया धुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्ने भन्दै संयुक्त राष्ट्र संघमा पनि यसबारे कुरा उठ्नु पर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यू चीन र भारतको भ्रमणमा जाद ैँहुनुहुन्छ भन्ने कुरा सुनेको छु । लिपु लेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्छ र यो वार्ता गर्न हामी अपिल गर्न चहान्छौं । नेपाल संयुक्त राष्ट्र संघको सदस्य १९५५ डिसेम्बर १४ मा भएको हो । यसको अर्थ चीनभन्दा अगाडि नेपाल संयुक्त राष्ट्र संघको सदस्य छ ।

संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधित्व पनि छ तर संयुक्त राष्ट्र संघमा आजसम्म यो कुरा किन उठाइएको छैन् । सरकारलाई हामी खबरदारी गर्न चाहान्छौ संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु उठोस् ।’

यस्तै, उनले सत्तापक्षका सांसदहरु माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुसँग फोटो सेशन गरिरहेका भन्दै सबै एकजुट भएर किसानको रकम उपलब्ध गराउन र सदनमा नै फोटो सेशन गर्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘उखु किसानहरु माइतीघर मण्डलामा आन्दोलनरत छन् । सत्तापक्षकै मान्यहरु माइतीघरमा गएर फोटो सेशन गरिरहेका छन् । त्यो गर्नुपरेन यही आउ नीतिनियम बनाउ सबै एकजुटबनौ किसानको रकम उपलब्ध गराउ र सदनमा नै फोटो सेशन गरौं पनि भन्न चहान्छु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि