६ पुष २०८२, आईतवार
मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

हैजाका बिरामीको स्वास्थ्य बुझ्न महामन्त्री थापा नारायणी अस्पतालमा

रौतहट । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल बिरगंज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । झाडापखाला र  हैजाका बिरामीसग महामन्त्री थापाले स्वास्थ्य उपचार , औषधि लगायतका विषयमा बुझेका हुन ।

सो अवसरमा उनले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र साथ प्रदान गर्ने दृढ अठोट व्यक्त गरेका छन् । उनले हैजाको नियन्त्रण र उपचारमा सबै पक्ष एकजुट भई प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए।नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले वीरगञ्जमा हैजाको प्रकोप तीव्ररूपमा बढेपछि अस्पतालमा नै आएर अवस्था प्रत्यक्ष अवलोकन गरेको बताए ।

यस अघि नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल  र खानेपानी मन्त्री प्रदीप यादवले हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरि आवश्यक निर्देश समेत दिएका थिए । झाडापखाला र हैजा प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्यापनि दिनहुँ बढ्दै गएको पाइएको छ ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसारगत शुक्रबारदेखि बिहीबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टिभएका गरी ६१२ जना बिरामी अस्पतालहरुमा भर्ना भएकामा तीमध्ये ४३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालहरुमा १७८ जना बिरामीहरु उपचाररत रहेको र तीमध्ये हैजा पुष्टि भएका बिरामीको संख्या ६९ मात्रै रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । बिरगंजमा फैलिएको झाडापखाला र  हैजाका बिस्तारै नियन्त्रणमा आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि