२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

समृद्धिको बाधक बेथितिको अन्त्य गरी सुशासन र सेवा प्रवाह प्राथमिकतामा राखौं’

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान एवम प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन् ।

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए ।

‘गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ’, उनले भने ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तिव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको बताए ।

‘यसका लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्नेगरी आवश्यक पाठय्क्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ भन्ने म ठान्दछु’,राष्ट्रपति पौडेलले भने ।

उनले देशको लागि स्वदेशमै केही गरौं भन्ने सृजनशील जनशक्तिको आवश्यकता औल्याए ।

उनले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु नहुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि