२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ, ११ भदौ : निजामती सेवा दिवस २०८२ का अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरुका बीचमा खुला कविता प्रतियोगिता हुने भएको छ ।

यस वर्षको निजामती सेवा दिवसका नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने रहेको छ । सोही नारासँग सम्बन्धित रही कविता रचना गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । निजामती सेवा दिवस, अतिरिक्त क्रियाकलाप उपसमितिद्वारा आज यहाँ जारी सूचनाका अनुसार प्रतियोगितामा भाग लिन चाहनेले यही भदौ १३ गतेभित्र कविता पठाउन भनिएको छ ।

उत्कृष्ट तीन र सान्त्वना दुई कवितालाई पुरस्कार र प्रमाणपत्र गरिने सूचनामा उल्लेख गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि