News and Updates

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
बुधबार अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै उनले गर्दै भक्त राना मगरको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने भन्दै उनलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिएका छन् ।
उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिंदै यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा विश्वस्त रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया