८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार

आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड

काठमाडौं । आज ‘गणेश चतुर्थी’ को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल बढेको हो ।

आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित सबै गणेश मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि