४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रूसद्वारा युक्रेनमाथि बहुआयामिक आक्रमण गरेको दाबी, दुई गाउँ कब्जाको दाबी युक्रेनद्वारा अस्वीकार

काठमाडौं । मंगलबार रूस र युक्रेनले युद्धको अवस्थाबारे फरक–फरक दाबी गरेका छन् । रूसी रक्षा मन्त्रालयका अनुसार गत २४ घण्टामा रूसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक्रमण गर्दै युक्रेनी ड्रोन नियन्त्रण तथा प्रक्षेपण स्थल, युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथ स्थानहरू लक्षित आक्रमण गरेका छन् ।
ती आक्रमणमार्फत युक्रेनी ट्याङ्क, तोपखाना, विद्युतीय युद्ध प्रणालीका आधार केन्द्र र आपूर्ति गोदामहरू नष्ट गरिएको रूसी दाबी छ । साथै, रूसी हवाई प्रतिरक्षाले युक्रेनका ६ हवाई–नियन्त्रित बम, १ नेप्च्यून लामो दूरीको क्षेप्यास्त्र र १९१ ड्रोन खसालेको जनाएको छ ।
तर, युक्रेनी सशस्त्र बलको जनरल स्टाफले भने आफ्ना विशेष फौजले क्राइमियामा अपरेशन सञ्चालन गरी रूसी सेनाको युद्ध आपूर्ति प्रयोजनका रसद पूर्वाधार निष्क्रिय बनाएको जनाएको छ ।
युक्रेनले आफ्ना दुईओटा गाउँहरु रूसी नियन्त्रणमा पुगेको दाबीलाई अस्वीकार गर्दै ती क्षेत्रमा रूसी अग्रगमन रोकिएको र लडाइँ अझै जारी रहेको स्पष्ट पारेको छ । दुवै पक्षका ताजा दाबीहरूले युद्धभूमिमा संघर्ष अझै तीव्र बनेको संकेत गरेका छन् ।
सीसीटीभी

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि