रातो कागज

बाजुरा । जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ ।
अस्पतालमा एमडीजीपी डा. आशिष कार्की आए सँगै एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया भएको हो ।
मंगलबार अस्पतालमा बुढीगंगा नगरपालिका–४ की १४ वर्षीया नीलम नेपालीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो भने बडीमालिका नगरपालिका वडा न ५ का १९ वर्षीय बिमल साउदको फिमोसिसकाको सफल शल्यक्रिया गरिएको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए ।
३ बर्षको अन्तराल पछी एमडीजिपी डाक्टरको रुपमा आशिष कार्की आए संगै अस्पतालले एपेन्डिसाइटिस र फिमोसिसको सफलतापूर्वक शल्यक्रिया गरी सफल उपचार गरिएको उनले बताए ।
पेट दुख्ने समस्या लिएर अस्पताल आएकी नीलममा परीक्षणपछि एपेन्डिसाइटिस देखिएको थियो । एमडिजीपी विशेषज्ञ डा.आशिष कार्कीको नेतृत्वमा डा.पवन अर्याल, लोकेश कुवर र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको टोलीले उपचार गरेको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
फिमोसिसको समस्या भएका बिमलको पनि सफल शल्यक्रिया गरिएको हो । फिमोसिस भनेको लिंगको अग्र छालालाई असर गर्ने अवस्था हो । सामान्यतया, अग्र छालालाई लिंगको टुप्पोबाट पछाडि तान्न सकिन्छ, तर यो अवस्थामा त्यस्तो नहुने गरेको छ ।
त्यस्तै एपेन्डिसाइटिस एक गम्भीर रोग भएकोले समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिने वित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ ।
एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुख्ने,भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो हुने लक्षण देखा पर्छन् । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
बाजुरामा एमडीजीपी चिकित्सक आशिष कार्की आए संगै एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको सहज रुपमा शल्यक्रिया हुने भएको हो। यस अघि अस्पताल बाजुरामा एमडीजीपी डाक्टर नहुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको उपचारमा समस्या हुँदै आएको थियो ।
बाजुरामा एमडीजिपी चिकित्सक आउँदा सामान्य खालका अप्रेसन समेत हुने भएका छन् । एमडिजिपी डाक्टर संगै जिल्लामा उपुक्त उपकरण र आवश्यक औषधि भएको खण्डमा जिल्लामा दक्ष जनशक्तीको अभाव नहुने अस्पताल बाजुरामा प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए ।
एमडिजिपी डाक्टर आए पश्चात् बाजुराबासीलाई सहज हुने भएको हो । एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको, अन्डकोष सुन्निएको जस्ता विरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । निक साईमन संस्थाको सहयोगमा अस्पताल बाजुराले एमडिजिपी डाक्टरको रुपमा कार्कीलाई पाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया