News and Updates
2 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने भएको छ ।
मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा समिति सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनले केहिबेरपछि उम्मेदवारी दर्ता गर्नेछिन् । समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया