रातो कागज

तुलसीपुर दाङ, ९ भदौः यहाँको तुलसीपुर उपमहानगरपालिका(१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सोही वडाको जय श्री हनुमान फिक्स चिम्नी इँटा उद्योगमा तीन वर्षदेखि काम गरिरहनुभएकी मगरले दैनिक रु सात सयदेखि एक हजारसम्म आम्दानी गर्दै आएका छन् । पहिले घरमा खाना समेत पुग्ने अवस्था थिएन, उनले भने, तर, अहिले इँटा उद्योगमा काम गर्न थालेपछि सहज भएको छ । उहाँ सोही उद्योगमा इँटा बोक्ने काम गर्छन्। मगरले भने, “२८ वटा इँटा बोकेपछि रु छ पाइन्छ । यसरी दिनभरि बोक्दा सोही कमाई हुन्छ । इँटा बोकेर आएको रकमबाट दुई छोरा, दुई छोरीलाई पालनपोषण र पढाइलेखाइ गराइरहेकी छु ।
रोल्पा रुन्टीगढी गाउँपालिका(८ निवासी नरबहादुर परियारलाई पनि सोही इँटा उद्योगले स्वरोजगार बनाएको छ । उनले त्यही उद्योगमा इँटा बोक्ने काम गर्न थालेको पाँच वर्ष भयो । उनले एकयाममा रु दुई लाख ५० हजारसम्म कमाउने गरेको बताए । विगतका वर्ष असोजदेखि असारसम्म उद्योग सञ्चालन हुने गथ्र्यो । तर, अहिले बर्सातमा पनि सञ्चालन भएकाले अलि बढी आम्दानी गर्न सकिने आशा छ”, उनले भने ।
विगतमा एक सिजनमा करिब रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जनाउँदै परियारले अहिले बर्सातमा पनि उद्योग सञ्चाचलन भएकाले आम्दानी पनि बढ्ने बताए । उनले दैनिक रु एक हजारदेखि रु एक हजार ८०० सम्म आम्दानी गर्दै आएका छन् ।
कैलालीका रामदयाल चौधरीले पनि काँचो इँटा बनाउने काम गरिरहनुभएको छ । उहाँसँगै श्रीमतीलाई पनि सोही काममा लगाउनुभएको छ । श्रीमान् र श्रीमती दुवै जनाले गरेर दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी गर्नु हुन्छ । एउटा इँटा बनाएर एक रुपैयाँ ३० पैसाका दरले पाउने गरेको उनले बताए ।
उनीहरू मात्रै होइन तुलसीपुर १८ विजौरीको जय श्री हनुमान इँटा उद्योगमा एक सय ५० बढीले यसरी काम गरेर आम्दानी लिइरहेका छन् । तीमध्ये अधिकांश दाङवासी रहेका उद्योगका सञ्चालक मोहन घर्तीले बताए । हामीले स्थानीयस्तरमा रोजगार सिर्जना गर्ने उद्देश्य राखेका छौँ”, उनले भने, नेपालीले गर्न सक्ने कामहरू नेपालीले नै गरिरहेका छन, तर, केही प्राविधिक कामहरुका लागि भने बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ ।
उनका अनुसार इँटा बोक्नेमा ४०, काँचो इँटा बनाउनेमा ६०, प्रशासनिक काम गर्ने चार, गाडी चालक, सहचालक २६ र रावेश म्यान चार जनाले काम गरिरहेका छन् । त्योबाहेक इँटा पोल्ने काममा कामदार भारतबाट ल्याइएको बताए । त्यो काम गर्नका लागि भारतबाट १६ जना कर्मचारी ल्याइएको उनको भनाइ छ ।
यस वर्षदेखि वर्षामा पनि सञ्चालन
यो उद्योग यस वर्षदेखि वर्षाको समयमा पनि सञ्चालनमा आएको छ । विगतमा यो उद्योग वर्षामा बन्द हुने गरेको थियो । हाल दाङका सबैजसो इँटा उद्योग वर्षामा बन्द हुन्छन् । हाल उक्त उद्योगमा जिगज्याग प्रविधि जडान गरिएको छ । जुन प्रविधि जोड्ने जिल्लाको एउटा मात्रै उद्योग हो ।
जिगज्याग प्राविधि जडान भएपछि अन्य उद्योगले गर्ने प्रदूषणभन्दा निकै न्यून धुवाँ फाल्ने सञ्चालक घर्तीले बताए । प्रदूषणलाई ख्याल राख्नाका साथै इँटाको माग पूर्ति गर्नका लागि पनि यस्तो कार्य गरिएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया