Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

रातो कागज
4 घण्टा अघि

काठमाडौं  ।  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् ।

माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

साथै उनीहरुले राज्यले शिक्षकको ठूलो भार, निजी विद्यालयले लाउँदैछन् पार, गुणस्तरीय शिक्षा निजी विद्यालको प्रतिवद्धता, समग्र शिक्षाको विकास, राष्ट्र निर्माणको आधार जस्ता प्लेकार्डहरु समेत नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया