२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

नवलपुर नवलपरासी, ९ भदौः बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था आश्रम दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठ लगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको छ ।

आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिए । “हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन उनले भने, “उत्सव तथा विभिन्न समयमा दाताहरुको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दाता समेत हुन् । दाताहरुबाट नगद तथा खाद्यान्न लगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताए ।

हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरु आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरुमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ ।

सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई उद्धार गरी उनीहरुलाई आश्रमा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताए । हामीले उद्धार गरेर ल्याएकामध्ये धेरैलाई पारिवार खोजी गरी पुनःस्थापना गरेका छौँ, उनले भने, पुनःस्थापना हुन नसकेका व्यक्तिहरु संस्थामा नै बस्दै आएका छन् । सामान्य खालका बिरामीका लागि स्वास्थ्य चौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।

आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उनले आग्रह गरे । आश्रममा गएर रु पाँच हजार शुल्क सहयोग गरेमा सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि