२८ आश्विन २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार

यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै

काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।
टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरण र सेमि–फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।
राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समूहका खेलाडीले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले यु–१४ क्रिकेट आयोजना गरेको बताए । प्रतियोगिताको फाइनल खेल तल्लो वा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने छ ।
प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टरबाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई टिम क्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected