५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु

वीरगन्ज । पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञ सहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुर लगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ ।

खानेपानी संस्थान पर्साका प्रमुख प्रविन कुमार साहका अनुसार अहिलेसम्म १५ स्थानका पानी नमुना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइसकिएको छ। उनका अनुसार संघ र चितवनबाट आएको टोलीले आज पनि नमुना संकलन कार्य जारी राखेको छ । नमुनाको रिपोर्ट आउन करिब २ दिन लाग्ने जानकारी उनले दिए।

यसैबीच, वीरगन्ज महानगर क्षेत्रमा हैजाको महामारी समुदायस्तरमा गम्भीर रूप लिँदै गएको छ । आइतबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार २२१ जना झाडापखालाबाट संक्रमित भएका छन्, जसमा ४२ जनामा हैजाको पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीहरूले नागरिकलाई उमालेको पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन र संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि