७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार विशेष समाचार

समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन

जनकपुर । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।

शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरुले उपेन्द्र यादव जिन्दावाद, झुठो मुद्या खारेज गरे, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन् ।

जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेश प्रदेश सांसद ममता मण्डलले जानकारी दिईन ।

सरकारले उपेन्द्र यादवविरुद्धको मुद्या फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने उनले चेतावनीसमेत दिईन । उनले आज (आइतबार) पाँच हजार जना जनकपुरधामको सडकमा उतार्ने बताईन ।

गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो । ०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी