२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार

एम्बुलेन्स चालकले बुझाए ज्ञापनपत्र

चितवन, ६ भदौः देशभरका एम्बुलेन्स चालकले आज एकै पटक ४० जिल्लामा ज्ञापनपत्र बुझाएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको आह्वानमा चितवनसहित विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाइएको हो ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने लगायत माग सङ्घले अघि सारेको छ ।

यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोसाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । सबै जिल्लामा एउटै माग राखेर प्रमुख जिल्ला अधिकारी मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको हो ।

यस अघि केन्द्रीय समितिले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाइसकेको छ । अध्यक्ष लामिछानेले आफ्ना मागप्रति सरकार सकारात्मक नभएपछि देशैभरीबाट मन्त्रीलाई ज्ञापनपत्र पठाउन लागिएको बताए । उनका अनुसार देशभर झण्डै ६ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको उनले बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको