Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

निसन्तान उपचार क्लिनिकबाट राहत

रातो कागज
2 दिन अघि

विराटनगर, ६ भदौः कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन आइयूआई सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याबाट पीडित दम्पतीलाई राहत पुगेको छ । अस्पतालमा यो सेवा सुरु भएदेखि दैनिक १० देखि १५ निःसन्तान दम्पती उपचारका लागि आउने गरेका छन् ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने दम्पतीलाई राहत मिलेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउछन् ।

निजी क्लिनिकमा गएर उपचार गर्न नसक्ने दम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरेका हौँ”, उनले भने ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अन्जु देव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त सेवा प्रदान गर्दै आउएका छन् । निजी अस्पतालको खर्च धान्न नसक्ने दम्पतीले यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सेवा लिन थालेका डा देव बताउछन् ।

निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि सहयोगी बन्ने छ । बिमामा आवद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् ।

अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उनले भने, हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ।

कोशी अस्पतालले सञ्चालन गरेको उक्त क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन तथा मानसिक–भावनात्मक सहयोग पु¥याउने उद्देश्य सहित अघि बढाइएको हो । निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्तो अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा निःसन्तान दम्पतीलाई राहत

फेसबुकबाट तपाईको प्रतिक्रिया