२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ

काठमाडौँ, ६ भदौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताएका हुन् ।

मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी गराए। उनले अनौपचारिक क्षेत्रका सबै नेपाली र सबै श्रमिकलाई कोषमा लैजान लागिएको र यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

सरकारले संयुक्त अरब इमिरेट्स युएई सँग सम्झौता गरी त्यहाँ जाने नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक तोकेको, साउदी अरबसँग पनि द्विपक्षीय सम्झौता गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए । दक्ष वा अर्ध दक्ष कामदार पठाउने र न्यूनतम भन्दा पनि अधिकतम् पारिश्रमिक कति दिन सकिन्छ भन्नेतिर सरकारले ध्यान दिन लागेको छ”,उनले सुनाए, श्रम र रोजगार क्षेत्रलाई ‘डिजिटाइज’ गर्ने र ‘एआई च्याटबोर्ड’ पनि सुरु गर्न लागिएको छ ।

मन्त्री भण्डारीसँग सांसद पूर्णबहादुर घर्तीले स्थानीय तहमा रोजगारी सृजना गर्नुपर्नेमा त्यसो हुन नसकेको, सामाजिक कोषमा आबद्धता र अन्यलाई आबद्ध गराउने कार्यक्रमबारे प्रश्न सोधेका थिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि