२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नव आर्दशले बार्षिकोत्सवसँगै पोखरामा तीज महोत्सव गर्ने

काठमाडौं । कास्की जिल्लामा नव आर्दश सामूदायिक विकास समाजले आफ्नो बार्षिकोत्सवको अन्तिम तयारी गरेको छ ।

‘मौलिक संस्कृतिको जर्गेना गरौं’ भन्ने नाकाका साथ नव आदर्श सामूदायिक विकास समाज लामाचौर पोखराले संस्थाको २९ औं बार्षिकोत्सव समारोह एवं २७ औ संस्करणको लामाचौर तीज महोत्सव २०८२ को आयोजना गर्न लागेको हो ।

सस्थाले स्थापनाकालदेखि नै प्रत्येक बर्ष तीज महोत्सव मनाउदै विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको र त्यसको तयारी सकिएको हो । तीज महोत्सव भाद्र ८ गते देखि १० गते सम्म सन्चालन हुने छ ।

समारोहमा अन्तर महिला समूह तीज गीत प्रतियोगिता सँगै यस वर्षको लामाचौर तीज महोत्सवमा ‘लामाचौर कप’ खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियोगिता समावेश गरिएको छ  ।

विगतका प्रतियोगिताबाट खेल जीवन सुरुवात गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर पुगेको र हाल प्रतियोगितालाई परिमार्जन गर्दा गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा सहित यस वर्ष अन्तर मावि छात्रा भलिबल प्रतियोगिता पुनः सुरुवात गरिएको हो ।

खुल्ला पुरुष भलिबलले ग्रामीण स्तरबाट खेलाडी उत्पादन र प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वासका साथ सस्थाले महोत्सवमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितालाई पनि निरन्तरता दिएको छ  ।

महोत्सवबारे जानकारी दिँदै समाजका अध्यक्ष दिनेश भण्डारीले सस्थाको २९ औँ बार्षिककोत्सव समारोह तथा २७ औँ तिज महोत्सवमा भदौको ८ गते अन्तर महिला समूह तीज गीत प्रतियोगिता हुनेछ । ९ गते अन्तर महिला लोक नृत्य हुने र १० गते विविध साँस्कृतिक कार्यक्रमसहित समापन हुने  जानकारी दिए ।

उनले मेलाको मुख्य आकर्षण राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिति रहने भन्दै तीनै दिन अन्तर विद्यालय भलिबल प्रतियोगिता हुने बताएका छन् ।

समाजकी सचिव शोभा बानियाँले महोत्सवमा धेरै संघसस्थाले सहयोग गरेको बताएकी छन् । उनले महोत्सवको मुख्य आकर्षण भनेको लामाचौर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, लामाचौर कप छात्रा भलिबल प्रतियोगिता, अन्तरमहिला समूह तीज गीत प्रतियोगिता अन्तर महिला लोक नृत्य प्रतियोगिता औद्योगिक तथा विभिन्न व्यापारी स्टलहरु र राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रमहरु रहने बताइन् ।

समाजका पूर्वअध्यक्ष सन्जय कुमार अधिकारीले महोत्सवको सम्पूर्ण तयारी भएको भन्दै महोत्सव तीन दिनसम्म चल्ने बताए । उनले महोत्सवमा प्रवेश शुल्क नलाग्ने भन्दै भलिबलको लागि रकम उठाएको बताएका हुन् । भबिलबलको लागि उठाएको रकमबाट बचेका पैसाले चार वटा  एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको बताए ।

समाजका पूर्वअध्यक्ष नबिन भण्डारीले समाजले स्थापना कालदेखि नै यसरी कार्यक्रम गर्दै आएको बताए । स्थापना कालमा सानो रकमबाट सुरु गरिएको मेला अहिले आएर महोत्सवको रुपमा सन्चालन भएको भन्दै पहिला कसैले महोत्सवका लागि सहयोग नगरेतापनि अहिले सबैले सहयोग गर्न चाहेको बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि