७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

चितवन, ६ भदौः आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करभ्याट बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे जानकारी दिइएको छ । उनले भने, बिलबिजकको प्रयोग, करसम्बन्धी पोर्टल सञ्चालनबारे सिकाएका छौँ ।

उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने चालु आवको पहिलो महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । चालु आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व सङ्कलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि