Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

रातो कागज
3 घण्टा अघि

काठमाडौँ, ५ भदौ : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीई दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एसोसियसनका सचिव डा सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गर्नुभएको विद्यावारिधि पीएचडीको अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो ।

सो छलफलमा उनले भने, “बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरू मार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ । नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सिईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।

उाले भने बजार प्रवर्द्धन केवल प्रचारप्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

यस अवसरमा डा अवालेले आफ्नो पीएचडी अनुसन्धानमा आधारित प्रस्तुतिकरण समेत गरेका थिए । उनले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरी लगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया