२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

खाँदबारी सङ्खुवासभा, ५ भदौः डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेङ्गीका लक्षण र रोकथामबारे जानकारी सहितका पर्चा वितरण गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएकोे बताएका छन् । वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि