२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन

बाजुरा । ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे मना गाउँका बासिन्दाको लागि वरदान सावित बनेको हो ।
भौगोलिक रूपमा विकट र भिरालो क्षेत्रमा अवस्थित मना गाउँका स्थानीयको लागि रोपवेले ठूलो सहयोग गर्दै आएको छ । गाउँका स्थानीयको सरसामान ओसारपसार गर्न ग्राभिटि रोपवे उनीहरुको लागी वरदान सावित बन्न पुगेको हो । रोपवे नबन्नु अघिसम्म झन्डै तीन घण्टा उकालो बाटो पार गरेर उपभोग्य सामग्री पिठ्युँमा बोकेर लिनुपर्ने बाध्यता रोपवे बनेपछी सहज बनेको हो ।
युरोपेली युनियन,प्राक्टिकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राक्टिकल एक्सन र मानव संसाधन केन्द्र बाजुराको साझेदारीमा निर्माण गरिएको बडिमालिका ग्राभिटि रोपवेबाट हाल दैनिक उपभोग्य सामग्री सहज ओसार पसार भइरहेको छ ।
बडिमालिका नगरपालिका–४ तिपाडा हाट बजारबाट बडिमालिका–५ मना स्टेसनलाई रोपवेले जोडेको छ । करिब ८ सय ९ मिटर लम्बाइ रहेको यो रोपवेको भिरालोपन ३४ डिग्री रहेको छ ।
सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भारवहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ ।
एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन्।
पहिले भिरालो उकालो बाटोमा तीन घण्टा हिँडेर सामान बोक्थ्यौँ, अहिले रोपवेले त्यो सबै समस्या हटाइ दिएको साउँदको बताए । रोपवे हरेक बुधवार सञ्चालनमा आउने गरेको अपरेटर दिलु साउदले बताएका छन् ।

कुल २६ लाख ५६ हजारमा निर्माण गरिएको उक्त रोपवेले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता प्रदान गर्नुका साथै समय र श्रमको बचतका साथै बडिमालिका नगरपालिका–५ मनाका लागि विकासको प्रतिक बन्न सफल भएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि