२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा वृहत्त रक्तदान अभियान सञ्चालन

लुम्बिनी ४, भदौ : ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवसका अवसरमा वृहत रक्तदान अभियान आयोजना गरेको छ । केन्द्रले संस्थाका एशोसियट अन्तरराष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्वमुख्य प्रशासिका डा प्रकाशमणिको १८औँ पुण्य तिथि पारेर एक लाख युनिट रक्त–सङ्कलन गर्ने लक्ष्यसहित बृहत रक्तदान अभियान आयोजना गरेको हो ।

विशाल रक्तदान, महादान अभियानको रुपमा चार दिनसम्म कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र बुटवलले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अभियान यही भदौ ६ देखि ९ गतेसम्म सञ्चालन हुने र अभियानमा नेपाल र भारतमा रहेका हजारौँ ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा सङ्घ–सङ्गठनको सक्रिय सहकार्य रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । उक्त अभियानमा सहभागि भएर बृहत रक्तदान गरी महादान गर्नुहुन सबै सङ्घ संस्था र आमनागरिकमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बुटवलकी प्रमुख कमला दिदीले आह्वान गरेका छन् ।

विशाल रक्तदान, महादान अभियानअन्तर्गत भदौ ६, ७ र ९ गते राजयोग प्रशिक्षण केन्द्र बुटवलमा, भदौ ७ गते ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, ४ न। जीतपुर, कपिलवस्तुमा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, मुर्गियामा, अर्घाखाँचीमा आयोजना गरिएको ब्रह्माकुमारी कमला दिदीले जानकारी दिए । यस्तै भदौ ६ गते नै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय गुल्मी र ९ गते नवलपरासीमा आयोजना गरिएको छ ।

भदौ ६ देखि ९ गतेसम्मको ४ दिनमा १ लाख युनिट रगत सङ्कलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सङ्कलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने बताइएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मूल्य र मान्यता अनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बताइएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५५ वर्षदेखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनस्थापन गर्नमा महत्वपूर्ण सामाजिक–आध्यात्मिक कार्यहरू गर्दै आएको छ । नेपालमा एक लाखभन्दा बढी संख्याका जन समुदायलाई धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता कूलत र दुव्र्यसनबाट मुक्तिको कार्यमा सहयोग गर्दै आइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि