७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार

अवैध जग्गा प्लटिङ्गविरुद्ध शान्ति संगम एकता समाजको विरोध

काठमाडौं । अवैध जग्गा प्लटिङ्गलाई मापदण्ड कायम गरी प्लटिङ्ग गर्न माग गर्दै शान्ति संगम एकता समाजले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ मा शन्ति संगम एकता समाज अन्तर्गत रहेको १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग गरिएको भन्दै मापदण्ड कायम गरी प्लटिङ्ग गर्न माग गर्दै शान्ति संगम एकता समाजले प्रदर्शन गरेको हो ।
शान्ति संगम एकता समाजका अध्यक्ष रवि सुवेदीले १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग गरिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणसँग समन्वय गरि निवेदन दर्ता गराएको बताए ।
सुवेदीका अनुसार सो निवेदन उपर ठोस रुपमा काम नभएको हुँदा दबाबका लागि प्रदर्शन गरेको हो ।
‘शान्ति संगम एकता समाज अन्तर्गत रहेको १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग भएको कुरा हामीलाई जानकारी भयो । त्यसपछि हामीले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग समन्वय गर्यौ र हामीले बैशाखको २६ गते निवेदन दर्ता गरेका थियौ ।’ उनले भने, ‘निवेदन उपर ठोसरुपमा काम नभएको हुँदा हामीले प्रमुख आयुक्त लगाएत यहाँका विभिन्न निकायहरुसँग विभिन्न शाखाका कुन शाखाबाट काम रोकिएको छ यसमा दबाब दिनको लागि हामी आएका हौँ ।’

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको