७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर, ४ भदौः मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार  मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु २० करोड विनियोजन भएको बताए । तत्काल काम थालिने जानकारी पनि उनले दिए ।
नगरप्रमुख श्रेष्ठले भने, “आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछाँै । त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमाङ्कन गर्नेछौँ ।
नगरपालिकाले उक्त परियोजनाबारे मङ्गलबार सर्वसाधारणलाई जानकारी दिँदै नक्सा सहितको डिजाइन  सार्वजनिक गरेको थियो । त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो । पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि