१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

डुबेर मृत्यु हुने समस्या समाधानका लागि नीति निर्माण जरुरी छः डा सेढाइँ

काठमाडौँ, ४ भदौः पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रहेको उल्लेख गर्दै उक्त समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको धारणा राखेका छन् ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले भन् “अब डुबेर हुने मृत्युलाई एक अकाल मृत्युको प्रमुख कारण हो भने घोषणा गरी यसको रोकथामका लागि नीति नियम निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन । डा सेढाइँ नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आएका छ ।

अनुसन्धानकर्ता डा पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिए।

कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थितिमा छलफल भएको थियो । त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु विकराल समस्या भइसकेको तथ्याङ्कले देखाएको बताए । उनीहरुले यसको रोकथामका लागि सहकार्यद्वारा अकाल मृत्युबाट बालबालिकालगायत सबैलाई जोगाउने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेमा थिए ।

त्यस अघि कार्यशालाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेक थिए । उनले उक्त समस्याको रोकथामका लागि काम गर्नुपर्नेमा जोड दिए । यसरी मृत्यु हुनेको सङ्ख्यालाई शून्यमा झार्नका लागि मन्त्रालय र सरोकारवाला निकायबीच समन्वयात्मक सहकार्य जरूरी भएको उनको भनाइ थियो ।

कार्यशालाको पहिलो दिन विश्व स्वास्थ्य सङ्गठन मुख्यालयका क्यारोलिन लुकास्ज्यिकले प्राविधिक कार्यपत्र प्रस्तुत गरेका थिए । साथै डुबेर हुने मृत्यु रोकथामका विशेषज्ञ डा आमिनउर रहमानले बङ्गलादेशको ढाकाबाट एक कार्यपत्र प्रस्तुत गरे थिए ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदन अनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यस प्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि