१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

जलवायुका विषयमा छलफल गर्न हिन्दूकुश हिमालय सम्मेलन सफल

काठमाडौँ, ३ भदौः सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले जलवायुका विषयमा सांसदहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानका माध्यमबाट यो हिन्दूकुश हिमालय संसदीय सम्मेलन सफल भएको बताए ।

समापन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदूषण नियन्त्रणका सांसदको भूमिका प्रभावकारी बनाउन तथा असल अभ्यासको आदानप्रदानका लागि सम्मेलन उपलब्धी मूलक भएको बताए ।

उनले भने, “यो दुई दिने उच्चस्तरीय कार्यक्रममा हिन्दूकुश क्षेत्रका सांसदले जलवायु सङ्कटसँग जुझ्न कानुन निर्माणको भूमिका र जलवायु कूटनीतिको क्षमतामा नयाँ आयाम थपेका छन् ।” उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेप्रति आभार व्यक्त गर्नुभयो । साथै विभिन्न सत्रका प्रस्तुतकर्ता, मन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, समितिका सभापति, सांसद, विज्ञ तथा सहभागी सबैलाई धन्यवाद दिए ।

सभापति थापाले कार्यक्रमको तयारीदेखि नै सहयोग प्रदान गर्ने परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतका निकाय र प्राविधिक सहयोगका लागि इसिमोडप्रति विशेष धन्यवाद व्यक्त गरे । उनले यो भेटघाट र छलफलले जलवायु कूटनीति, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा हिन्दूकुश क्षेत्रका सांसदहरु बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै भविष्यका संस्करणमा थप छलफल र सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि