Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुजनको क्यामेरामा कैद भएका कोशी प्रदेशका रमणीय स्थलहरु

रातो कागज
1 घण्टा अघि

संचारकर्मी सुजन तिम्सिना पर्यटकीय गन्तब्यहरुको फोटोग्राफी गर्न रुची राख्छन् । उनले कोशी प्रदेशका केही रमणीय स्थलहरुको फोटो आफ्नो क्यामेरामा कैद गरेका छन् । केही संग्रहित फोटोहरु नेपाल न्यूज बैंकलाई उपलब्ध गराएका छन् ।
तस्विर ः सुजन तिम्सिना
१. इलामको सन्दकपुर गाउँपालिकामा १ र ३ मा अवस्थित विश्व रामसार सुचिमा सुचिकृत माईपोखरी । पूर्वी पहाडको प्रथम रामसार क्षेत्र माईपोखरी हिन्दु, किराँत र बौद्ध धर्मालम्वीहरुको त्रि–धार्मिकस्थल पनि हो ।
२. रेडपाण्डा पदमार्गमा पर्ने इलामको पर्यटकीय क्षेत्र छिन्टापु । हिमश्रङ्खला,जैविक विविधता र सीमसार क्षेत्रको अध्ययन गर्न सकिने यहाँ भारतीय पर्यटकहरुको आकर्षण बढेको छ ।
३. तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा अवस्थित चोत्लुङ्ग पार्क । चोत्लुङ्ग पार्क सन् २०२५ मा घुम्नैपर्ने पर्यटकीयस्थलको ४२ स्थानमा रहेको छ ।
४. इलामको सन्दकपुर गाउँपालिका ५ मा अवस्थित ढापपोखरी । मानवनिर्मित ढापपोखरी आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य भएको छ ।
५. इलामको सन्दकपुर ३ मा अवस्थित मनमोहक टारी क्षेत्र । इलामको शीर सम्म फैलिएको यस गाउँपालिका होचो भु–भागमा पर्ने टारी क्षेत्र अहिले पर्यटकीय गन्तव्य बनेको छ ।
६. इलामको सबैभन्दा अग्लो टोड्के झरना । जसको उचाई ८१ मिटर रहेको छ ।
७. ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना । यो झरनाको उचाई १ सय ८० मिटर रहेको छ ।
८. पाँचथरको याङ्वरक गाउँपालिकामा सुन्दर दृश्य । कर्णालीले परिचित यहाँ मध्यपहाडी राजमार्गले जोडिएपछि अहिले गाउँले मुहार फेरेको छ ।
९. चर्चित टिएमजे क्षेत्रको ताप्लेजुङ्ग जिल्लामा पर्ने सिमसरा र पोखरीहरु । तेह्रथुम, ताप्लेजुङ्ग र संखुवासभा जोडिएको तिनजुरे मिल्के जलजले क्षेत्रमा ७० वटा बढी पोखरी र सिमसारहरु रहेका छन् ।
१०. आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य कन्याम । चिया पर्यटनले प्रख्यात कन्याम सुर्योदय नगरपालिका ६ र ७ मा अवस्थित छ ।
११. कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर नजिकै पर्ने आहालबाट देखिएको कंचनजंघा हिमश्रङ्खला ।
१२. लिम्बु जातिको सस्कृति धाननाच । भोज, मेला र बिहेमा धान नाच देख्न सकिन्छ ।
१३. खोटाङ जिल्लामा अवस्थित हलेसी धाम । हलेसी धाम नेपालको त्रिधार्मीकस्थल हो ।
१४. हिमालको काखमा सोलु बजार । सोलु बजार सगरमाथाको जिल्ला सोलुखुम्बुको सदरमुकाम हो ।
१५. भारतीय पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा रहेको इलामको पर्यटकीय गन्तव्य गुफापताल क्षेत्र । गुफापताल समुदायको सक्रियतामा निर्माण भएको पर्यटकीय गन्तव्य हो ।
१६. संखुवासभाको गुफापोखरीमा चौरीको बथान धपाउँदा गोठाला ।
१७. टिएमजे क्षेत्रमा भेटिएको चरिबाघ ।
१८. इलामको माई नगरपालिकामा अवस्थित सहिद भुमि शुखानी क्षेत्र । सुखानी अहिले पर्यटकीय गन्तव्य भएको छ ।
१९. झापाको भद्रपुर नगरपालिका स्थित किच्चकवध क्षेत्र । किच्चकबध क्षेत्र २१ सय वर्ष पुरानो इतिहास बोकेको क्षेत्र हो ।
२२. इलामको सुर्योदय नगरपालिका १० मा पर्ने स्वामी पार्क । स्वामी पार्क करफोक विद्या मन्दिरको नजिकै रहेको छ ।
२३. झापाको शिवसतासी नगरपालिकामा पर्ने शिवसतासी । यो भारतीय तिर्थयात्रीको गन्तव्य भएको छ ।
२४. रेडपाण्डा पदमार्गमा पर्ने इलामको सन्दकपुर २ स्थित गोरुवाले क्षेत्र । गोरुवाले क्षेत्रमा सिजनमा ढकमक्क गुराँस फुलेको पाइन्छ ।
२५. कनकाई माई नदीको मुहान क्षेत्र सन्दकपुर डाँडा । सन्दकपुर नेपालको इलाम जिल्ला र भारतको पश्चिम बंगालको शीर हो ।
२६. रेडपाण्डा पदमार्गमा पाइने चराहरु । इलामको माईभ्याली क्षेत्र चराहरुका लागि प्रख्यात मानिन्छ ।
२७. इलामको सन्दकपुर गाउँपालिका भित्रका जंगलमा बासस्थान रहेको लोपउन्मुख वन्यजन्तु रेडपाण्डा ।
२८. इलामको उच्च स्थानमा रहेको जौबारी बजार । २९२९ मिटरमा अवस्थित जौबारी पूर्वी नेपालको मुस्ताङले परिचित छ ।
२९. इलामको पर्यटकीय क्षेत्र जौबारीबाट देखिएको कंचनजंघा हिमश्रङ्खला ।
३० इलामको पर्यटकीय क्षेत्र जौबारीमा सिनो खाँदै गिद्धको बथान । जौबारी गिद्धको बासस्थानले परिचित छ ।
३१. पाँचथर जिल्लामा अवस्थित पर्यटकीय गन्तव्य साधुटार ।
३५. पहरामा फुलेको लालिगुराँस फुल । इलामको पर्यटकीय क्षेत्र छिन्टापु लालिगुराँसको राजधानीले परिचित छ ।
३६. ३६३६ मिटरको उचाईमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाबाट देखिएको कंचनजंघा हिमश्रङ्खला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया