११ फाल्गुन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे 

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन् ।

उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए ।

तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए ।

यसैबीच, घटनाबारे छानबिन गर्न गठित समिति सक्रिय रहेको छ । समितिले प्रतिष्ठानभित्रका बेथिति र अनियमितताबारे अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि