Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शैक्षिक गुणस्तर सुधार गर्दै बेदकोट नगरपालिका

रातो कागज
1 घण्टा अघि

दोधारा चाँदनी कञ्चनपुर, ३ भदौः चार वर्षअघि यहाँको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा कमजोर थियो । पाँच प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।
२०७८ सालको परीक्षामा यहाँका पाँचवटा सामुदायिक विद्यालयबाट ५०९ विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये २८ जना मात्रै ‘सी ग्रेड’मा उत्तीर्ण भए । तीन विद्यालयको नतिजा शून्य थियो ।
विसं २०७९ पछि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएर काम सुरु ग¥यो । पछिल्ला तीन वर्षमा यहाँका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ । २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुग्यो । ग्रेडमा समेत सुधार भयो । २०८० सालमा विद्यार्थीको नतिजामा थप सुधार भइ २९।४ प्रतिशत प्राप्त भयो । उक्त सालको परीक्षामा ३५० विद्यार्थीमध्ये १०३ जना उत्तीर्ण भए ।
विसं २०८१ को परीक्षामा ४२१ जना विद्यार्थीमध्ये २१५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ‘ए’ ग्रेड ल्याउने विद्यार्थी १७ जना छन् । त्यसैगरी, ‘बी’ ल्याउने ५९, ‘बी प्लस’ ल्याउने ११६ र ‘सी’ ग्रेड ल्याउने २० जना छन् । सामुदायिक विद्यालयले उत्तीर्ण दर ५१ प्रतिशत प्राप्त ग¥यो ।
यहाँको बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्तले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको जानकारी दिए । “हामीले कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ, प्रधानाध्यापक पन्तले भने, “आन्तरिक मूल्याङ्कन र साप्ताहिक अभिभावक भेटघाट अनिवार्य गरेका छौँ, यसले अभिभावकलाई समेत जिम्मेवार बनाएको छ ।
पछिल्ला तीन वर्ष यता सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । उनले २०७९ सालपछि  कक्षा १० र कक्षा १२ का विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यानलयलाई पालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले तीन वर्षमा अत्यन्तै मेहनत ग¥यौँ”, नगरप्रमुख बोहराले भने, “हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ विद्यालयको नतिजा पाँच प्रतिशतबाट ५१ प्रतिशतमा पु¥याउन सफल भएका छौँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया