रातो कागज

मलेखु धादिङ, ३ भदौः धादिङको गङ्गाजमुना गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । पहाडको भिरपाखा चिर्दै, असहज बाटो हिँड्दै, औषधि र उपकरणको अभावसँग जुध्दै दुर्गम गाउँका नागरिकको स्वास्थ्य जोगाउन दिनरात खटिएका स्वास्थ्यकर्मीलाई सो गाउँपालिकाले सम्मान गरेको हो ।
सहज सडक सञ्जाल नपुगेको, अस्पताल टाढा रहेको र आधारभूत सुविधा पनि न्यून रहेको दुर्गम बस्तीमा नै नागरिकलाई उपचार पु¥याउन खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले यस वर्ष विशेष सम्मान गरेको हो । दुर्गम बस्तीमा रहेर नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन उनीहरूले गरेको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए ।
गङ्गाजमुना गाउँपालिकामा नौ स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थाबाट उत्कृष्ट एक–एक स्वास्थ्यकर्मीलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।
यो सम्मानले आपसी प्रतिस्पर्धा र जिम्मेवारी पनि बढाउनेछ”, उनले भने, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउनु सजिलो छैन, तर जब स्थानीय सरकारले हाम्रो कामको मूल्याङ्कन गर्छ, त्यो नै अर्को वर्ष अझ उत्कृष्ट काम गर्ने प्रेरणाको स्रोत बन्छ ।
स्थानीय सरकारले गरेका यस्ता पहलले स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउने, सेवा गुणस्तरीय बन्ने र सर्वसाधारण नागरिकले नै प्रत्यक्ष लाभ पाउने स्वास्थ्यकर्मीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया