७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा “मेरो शेयर“ मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि