७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ ।

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य  माननीय दिपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल , राप्रपा बागमती प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने,राप्रपा नगर अध्यक्ष अरुण लामा, विद्यालय व्यबस्थापन समिती , स्थानीय नेता, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यस विद्यालय भवन शहरी विकास मन्त्रालयमार्फत आर्थिक वर्ष २०८१÷८२ का लागि पूर्वाधार विकास समितिका सभापति सिंहज्यूको विशेष पहलमा  १ करोड रुपैयाँ बजेट विनियोजन गरी निर्माण गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति सिंहले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारलाई मजबुत बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे ।

“गुणस्तरीय शिक्षा बिना समृद्धि सम्भव छैन । यस विद्यालय भवनले विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरणमा पढ्न मद्दत पु¥याउनेछ,” उनले भने । साथै उनले विद्यालयको थप शैक्षिक तथा पूर्वाधार विकासमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

समारोहमा हेटौंडा ४ का वडा अध्यक्ष ,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूले सांसद सिंहप्रति आभार प्रकट गर्दै भवन निर्माणले विद्यालयमा नयाँ ऊर्जा थपिएको बताए । सहभागीहरूले यस विद्यालय भवनले ग्रामीणस्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहज वातावरण तयार गरेकोमा खुसी व्यक्त गरे ।

नवनिर्मित भवन प्रयोगमा आएपछि विद्यालयमा पठन–पाठन अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । विद्यार्थीहरूले अब सुरक्षित र आधुनिक कक्षाकोठामा अध्ययन गर्ने अवसर पाउनेछन् भने विद्यालय प्रशासनले पनि गुणस्तरीय शिक्षण–अधिगम वातावरण निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि