८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको सर्लाहीमा विरोध

सर्लाही । गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ ।

विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति अन्याय गरिएको आरोप लगाए ।

विरोधसभामा जसपाका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको बताए । उनले सहिदहरूको बलिदानलाई न्याय नदिने आदेशलाई अस्वीकार गर्ने चेतावनी दिँदै भने, ‘गौर घटना मधेश आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन ।’

त्यसैगरी जसपाका नेता विजय यादवले घटना भएको झण्डै १९ वर्षपछि समेत राज्यले पूर्वाग्रही राजनीति गर्दै संघीयता र पहिचानको मुद्दा कमजोर पार्न अदालतलाई प्रयोग गरेको आरोप लगाए । २०६३ साल चैत ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।