३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीनवटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथ ा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीनवटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए ।

उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनाव पछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमागयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो । यसले गर्दा नयाँ मन्त्री आएपछि पुरानो योजनामा भएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामा पनि पैसा हाल्ने । योजना टोलैपिछे, गाँउपिछे राख्ने पूरा कुनै पनि नगर्ने, १०, १५ वर्ष भईसक्यो सक्या हुदैँन् ।’

यस्तै, उनले संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुखपनि व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले हामीठूलो चापोमा छौ ।उद्योगथियो अहिले उद्योग नै गरेको छैन् । व्यापारमा गयो त्यहाँपनि राम्रो मान्छे छैन् । राजनीतिमा गयो त्यहाँ थोरै थोरै छ, अहिले गुरुङहरु कहा छ त, त्यती धेरै लडाई गरेर संविधान ल्यायौं संविधानमा आदिवासिहरुको अधिकार भएनभने आन्दोलन गरेका थियौं । निजामतिमा हाम्रो लागि कोटा निर्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन् ।अहिले समय प्रतिस्पर्धाको आयो ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि