८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार

दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ ।

आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् ।

उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशंै तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’उनले भने ।

उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए ।

उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए ।

‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौ,’उनले भने ।

यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि