रातो कागज

किमाथाङ्का सङ्खुवासभा, १ भदौः सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का स्थित सीमा सुरक्षा पोष्ट बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाका रहेका नेपाल–सीमामा रहेका स्तम्भ निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका(१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल चीन सिमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर(४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८र२, ६९र१ र ६९र२ नम्बरका स्तम्भ जङ्गेपिल्लर निरीक्षण गर्नुका साथै सीमाको अवस्था लगायतबारे जानकारी लिएको थियो ।
टोलीमा किमाथाङ्काका इन्चार्ज नविन खतिवडा नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागी थिए । टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ समेत गरेको थियो ।
नेपाल चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन् । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१÷१ नम्बरको स्तम्भ बगाएको थियो । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया