२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार स्वास्थ्य

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउन लक्ष्य

गोरखा, १ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताएका छन् । गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए ।

गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गरे । आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्”, उनले भन् । स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उनले धारणा राखे ।

नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिँदैन्”, मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमा आकर्षक रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी जुटेका छौँ । अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको उनले बताए।

जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुनुहुँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी छ । उनले निजी क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारका कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संशोधन गर्न सकिने जानकारी दिए ।

थप समाचारहरु

गण्डकी प्रदेस समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

७ साउन, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल
गण्डकी प्रदेस समाचार समाज

लियोलाई वन्यजन्तु उद्धार केन्द्र कास्की छाड्ने तयारी

चन्द्रा महतो । ८ साउन, नवलपुर । अरुणखोलाको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा (लियो) लाई पचपलिया वन्यजन्तु उद्धार