११ मंसिर २०८२, बिहीबार
बागमती मुख्‍य समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको हो ।

त्यस्तै पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु संक्रमण देखिएको हो ।

पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको