३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि देशमा भ्रष्टचार र दण्डहीनता बढेर गएको बताए ।

‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर  तर दिनानुदिन भ्रष्टाचार बढेर गएको छ । दण्डहीनता बढेर गएको छ । सुशासन त नामै छैन । सिडियो र मालपोत कार्यालयमा जाँदा नै सुशासन कस्तो छ देख्न सकिन्छ । यस्तो अवस्थालाई कांग्रेसले बदल्न सकेन भने पार्टी कमजोर हुन्छ । साथै देश पनि कमजोर हुन्छ,’उनले भने ।

उनले संसदभित्र कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको समेत बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बका उपसभापति घनराज सुनुवार लगायतले बोलेका थिए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि