Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’

रातो कागज
2 घण्टा अघि

पाटन ललितपुर, ३० साउनः नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ ।

आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित एकदिवसीय कन्क्लेभले डिजिटल पूर्वाधार र सम्पर्कमा सुधार, डिजिटल साक्षरता, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन, नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन, डिजिटल प्रविधिको फाइदा र पारदर्शिताप्रति जनचेतना वृद्धि गर्ने अभिप्राय राखेको जनाइएको छ ।

कन्क्लेभमा डिजिटल पद्दतिमा आधारित शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य सेवा, अर्थतन्त्र, सूचना प्रविधि उद्योग संवाद, शक्ति संवादलगायत विषयमा आधारित सत्रहरू छन् ।

फाउन्डेसनका अध्यक्ष राजन लम्सालले कन्क्लेभले डिजिटल नेपाल सिर्जनामा समावेशिता, नवप्रवर्तन र साझेदारीलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, समाजसेवी, उद्यमी र प्राविधिक, विज्ञहरू गरी ५०० भन्दाबढीको सहभागी रहेको छ । यहाँ १५ भन्दाबढी डिजिटल नयाँ परियोजना प्रदर्शनीमा राखिएका छन् भने अनुसन्धानपत्रहरू प्रस्तुतिका लागि वातावरण तयार गरिएको अध्यक्ष लम्सालको भनाइ छ ।

अल्पास टेक्नोलोजी प्रालिका संस्थापक युजेस मलेकु श्रेष्ठले यस किसिमको कन्क्लेभले नवप्रवर्तनका क्षेत्रमा क्रियाशील युवालाई प्रोत्साहन मिल्ने भन्दै सरकारीस्तरबाट हरेक वर्ष यस्ता बृहत् कार्यक्रम आवश्यक रहेको बताए ।

विसं २०७५ देखि सूचना प्रविधिका क्षेत्रमा क्रियाशील छु, साथीहरूमा विदेश जाने लहर चलेका बेला नेपालमा नै केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्यो । सुरुमा त गाह्रो भयो, निरन्तर मेहनत गर्दा स्वदेशी तथा विदेशी सङ्घसंस्थाका लागि २० वटाभन्दा बढी एपहरू बनाएर सेवा दिएका छौँ । ललितपुर महानगरले प्रयोगमा ल्याएको एलएमसी अलर्ट हामीले नै बनाएका हौँ”, उनले भने ।

श्रेष्ठले यस्ता कन्क्लेभले नयाँनयाँ प्रविधिको जानकारी दिन, सूचना प्रविधिको विकासबारे बहस र पैरवी गर्नाका साथै सञ्जाल विस्तार गर्न सहयोग पु¥याउने बताए ।

कन्क्लेभको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यास मिडिया नेटवर्कका प्रतिनिधि सञ्जय सिल्वाल गुप्ताले डिजिटल प्रविधिका क्षेत्रमा सरकारले गरिरहेको काम र नीतिगत व्यवस्थाका बारेमा अन्तरसंवाद गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया