२५ आश्विन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो ।

बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए ।

काठमाडौं र  भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो ।

व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि