७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा सभामुखले पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने विषयमा छलफल भएको जानकारी दिए । भदौंको ४, ५ र ६ गते सभा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।
उनले भने,‘भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने छलफल भयो । आगामी दिनमा संसद कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो । भदौको ४, ५ र ६ तीन दिन सभा सञ्चालन गर्ने र त्यसबीचमा केही पर्व परेकाले केही पछि गर्ने कुरा भएको छ ।’
त्यस्तै संसदमा रास्वपाको विरोधको विषयमा सभामुखले पहल गरेतापनि सरकारले सुन्न नचाहेको उनले बताए । सत्ता सञ्चालन गर्ने दलहरुले माग सुनुवाई गर्न नचाहेको उनको भनाई छ ।
‘विरोधको कुरामा सभामुखले निकै प्रयत्न गरिरहनु भएको छ । तर सरकारले सुन्न चाहेको छैन् । सत्ता सञ्चालन गर्ने दलहरु हाम्रो माग सुनुवाई गर्न चाहनुहुन्न ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि