७ माघ २०८२, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शन गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८४ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो ।

टोलीका स्टार खेलाडी प्रसिद्ध जैसीले १३ बलमा ३७ रनको आतिशी पारी खेले भने फरहान अन्सारीले ६ बलमा ११ रन जोडे। एलआरआईका कप्तान अभी थपलियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे ।

८५ रनको लक्ष्य पछ्याएको एलआरआई मात्र ९.४ ओभरमै अलआउट हुँदै ३३ रनमै समेटियो। विपक्षीका बलर प्रसिद्ध जैसीले ३ विकेट तथा कमल शाहीले २ विकेट लिँदै डिएभीको जित सुनिश्चित गरे । एलआरआईतर्फ कप्तान अभीले ६ रन बनाए ।

विजेता डिएभीले ३० हजार रुपैयाँको नगद पुरस्कार हात पार्यो भने उपविजेता एलआरआईले १५ हजार रुपैयाँ प्राप्त ग¥यो। प्रतियोगितामा चम्किएका प्रसिद्ध जैसी ‘प्लेयर अफ द टुर्नामेन्ट’सहित उत्कृष्ट ब्याट्सम्यानको अवार्ड जित्न सफल भए ।

उनले प्रतियोगिता भरि १३५ रन बनाए र ८ विकेट लिँदै सर्वाधिक प्रभावशाली प्रदर्शन गरे । उत्कृष्ट बलरको उपाधि भने एलआरआईका कप्तान अभी थपलियाले पाए ।

विजयी खेलाडीलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कार वितरण गरेका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १५ टोलिले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected