७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अंकले घटेको छ ।

आज नेपााल रिपब्लीक मिडियाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४९.१५ रुपैयाँले बढेर ५४१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्य २२.२७ रुपैयाँले बढेर प्रतिकित्ता ४२२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

राधी जलविद्युत कम्पनीको शेयर मूल्य पनि आज प्रतिकित्ता ३३.८६ रुपैयाँले बढेर ७९८.०८ रुपैयाँमा अन्तिम कारबोर भएको छ । यस्तै अपर स्याङ्गी हाइड्रो पावरको शेयर मूल्य २८.०२ रुपैयाँले बढेर ६९१.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि