१२ फाल्गुन २०८२, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले लगाए ताला

मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप लगाउँदै नगर प्रमुख ,उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलगायत सबै शाखा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएको सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा कर्मचारीको करार नियुक्त, चोकहरुको नामाकरणलगाएत अन्य बिभिन्न निर्णय कुनै जानकारी नगरी छलकपटपूर्वक सभा सम्पन्न गरेको भन्दै १४ वडा मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तीन जना वडा अध्यक्ष जिल्ला बाहिर रहेका कारण तालाबन्दीमा सहभागी हुन पाएनन् । वडा अध्यक्षहरूले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को प्रावधान उल्लंघन भएको दाबी गरेका छन् ।

साथै, अन्य पालिकामा सरुवा भएका वडा सचिवहरूको स्थानान्तरणमा मिलेमतो गरेको, सामाजिक सुरक्षा भत्ता वितरण र दैनिक कामकाज प्रभावित पारेको र करार कर्मचारीको व्यवस्था नगरेकाले नगर प्रमुख तालाबन्दी गरिएको वडा अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

यस्तै गरी नगर सभाबाट नगरसभाका पदाधीकारीहरुलाई जानकारी नगरी सुटुक्क चोरी काम गरेको वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि