७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् ।

उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’

त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे ।

उनले भने,‘जनता पीडित छन् । लम्पी स्किन रोगले त्यस्तै देशभरी सताएको छ । धेरै बस्तुहरु मरिराखेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भन्ने माग गर्दछु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि